Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agriculture Knowledge Center, Darchula

DARCHULA

Director

श्याम राज जोशी

Office Chief


Information officer

शिशिर आचार्य

Information Officer

पृष्ठभूमि वि.सं. २०३४ सालमा “जिल्ला कार्यालय, कृषि शाखा दार्चुला” (जिल्ला पञ्चायत अन्तर्गत) को नाममा स्थापित यो कार्यालय २०४३ सालमा कृषि विकास शाखा, दार्चुलाको रूपमा सञ्चालनमा रहेको थियो। २०४९ साल श्रावण १ गतेदेखि पुनः जिल्ला कृषि विकास कार्यालय, दार्चुलामा परिणत भई जिल्ला पशुसेवा कार्यालय पनि यसै “जिल्ला कृषि विकास कार्यालय” अन्तर्गत एकीकृत रुपमा (एक छातामुनि) रहेको थियो भने ।२०५२ साल श्र्रावण ८ गते देखी पशुसेवा कार्यालय छुट्टिएर जिल्ला कृषि विकास कार्यालयमा परिणत गरी विकास कार्यक्रम संचालनको मुख्य संस्थाका रुपमा घोषित गरिएको थियो । नेपालको संविधान २०७२ को धारा ५६ अनुसार राज्यको पुनर्संरचना र राज्यशक्तिको वाँडफाँडको क्रममा नेपाल सरकारको मिति २०७५।०३।३२ को निर्णयानुसार सुदूरपश्चिम प्रदेश सरकार (शुरूमा ७ नं. प्रदेश) को भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मातहत रहने गरी बैतडी र दार्चुला जिल्ला कार्यक्षेत्र रहेको ×कृषि ज्ञान केन्द्र, बैतडी" मार्फत कृषि विकासका कार्यक्रमहरुले केही हद सम्म निरन्तरता पाए । पछि सुदूरपश्चिम प्रदेश सरकारको मिति 2077/01/22 को निर्णय बमोजिममिति २०७७ साल श्रावण १ गते देखी ×कृषि ज्ञान केन्द्र, दार्चुला"को रुपमा स्थापना भर्इ बृहद ढंग बाट कृषि विकासका कार्यक्रमहरू जिल्लाभरी कार्यान्वयन भर्इ राखेका छन । विकट दुर्गम पहाडी जिल्ला भएकोले खाद्यान्नको अभाव यातायातमा कठिनाई संचारमा असुविधा कृषि सामाग्रिको अभाव उत्पादित बस्तुहरुको बजारिकरणमा समस्या सिंचाइको समस्या आदि प्रमुख कारणहरुवाट यस जिल्लामा बालीनालीहरुले ब्यवसायिकता पाउन सकेको छैन ।रोजगारको खोजीमा युवाशक्ती विदेशिनु तराईको वसाई सराई उच्च जनसंख्या बृद्धि आदि कारणवाट कृषि क्षेत्रको प्रभावलाइ निरुत्साहित पार्न खोजिएको महसुस हुन्छ ।जिल्लाको कृषि अर्थतन्त्रमा केही वालीहरुको भूमिका स्पष्ट रुपमा अगाडि देखीएको भए पनि आय आर्जनका लागि यी वालीहरुलाई अझ ब्यवसायिक गरि विकास गर्दै जाने सिलसिला जारि छ ।जिल्लामा खाद्यान्न आत्मनिर्भरताको हिसावमा खाद्धान्न नपुग रहेको परिप्रेक्षमा बैकल्पिक खाद्य सुरक्षा बढाउने खालका कार्यक्रमहरु पछिल्ला दिनहरुमा प्रभावकारी रुपमा अघि बढाउदै लगिएको छ ।


Read More

Gallery

Video

No record found.

Downloads

Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.